चैत्र १० – निवर्तमान प्रधानमन्त्री डा। बाबुराम भट्टराई व्यक्तिगत कामका लागि परिवार सहित धुलिखेलको एक रिसोर्टमा पुगेका छन्।

बाबुराम भट्टराई चैत १ गते बाट प्रधानमन्त्री पदको जिम्मेवारीबाट बाहिरिएपछि पहिलो पटक व्यक्तिगत कामका लागि पत्नी हिसिला यमी र छोरी मानुषी यामी भट्टराई सहित धुलिखेलस्थित हाइ भ्यू रिसोर्टमा पुगेका छन् ।

शुक्रबार साँझ भट्टराई परिवार सहित धुलिखेलको भ्यू रिसोर्ट पुगेका हुन् । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनका लागि भट्टराईलाई पार्टीको घोषणा पत्र तयार गर्न दिएको जिम्मेवारीको तयारी गर्नका लागि भट्टराई रिसोर्ट गएको बुझिएको छ ।

काभ्रे जिल्ला प्रहरी उपरीक्षक गीता उप्रेतीले भट्टराई रिसोर्टमा आएको जानकारी भएको बताइन् । भट्टराई काभ्रे जिल्लाका पार्टी प्रतिनिधिलाई समेत जानकारी नदिइकन रिसोर्ट पुगेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।