हेटौँडा, १० चैत । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३६० केजी गाँजा यहाँस्थित राप्ती खोलामा शुक्रबार जलाई नष्ट गरेको छ ।

गत फागुन ३० गते राति पूर्वपश्चिम राजमार्गको तीनताप्केमा प्रहरीले ना३ख २१२९ नं. को बस जाँच गर्नेक्रममा सो गाँजा बरामद गरेको थियो ।
उक्त गाँजाको कारोबार एवम् ओसारपसारमा संलग्न भएको आरोपमा बसचालक चितवनको भरतपुर बस्ने लुम्माभक्त पुडासैनीलाई अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।