तानसेन, ९ चैत । विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा १९ विद्यार्थी घाइते भएका छन् ।

गुल्मीको नेपाल राष्ट्रिय माविका विद्यार्थी एसएलसी परीक्षा सकेर घर फर्केने क्रममा लु १ ख १७९३ नम्बरको जिप दौघा गाविस–६ गैरीखुट्टा भन्ने स्थानमा दुर्घटना हुँदा तीन विद्यार्थी भने गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा दौघा गाविस–८का दुर्गाबहादुर सोमरे तथा दौघा गाविस–७ का राजकुमार आले र दौघा माया ज्ञवाली छन् ।

गम्भीर घाइतेसहित अन्य १६ विद्यार्थीको अहिले युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना परी घाइते भएका रामबहादुर ज्ञवालीका अनुसार चालकले अत्यधिक मदिरा सेवन गरी गाडी चलाएकाले दुर्घटना भएको हो । गुल्मी खज्याङ भन्ने स्थानका चालकसहित विद्यार्थीले पनि मदिरा सेवन गरी गाडीको यात्रा गरेको बताइएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।