काठमाडौँ, ९ चैत । काठमाडौँ महानगरपालिका –१ दरबारमार्गस्थित प्लाटिनम डिस्को क्लब र प्लानेट बलिउड पप एन्ड लाउन्ज बारका दुई सञ्चालक तथा १४ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग दरबारमार्गको प्रहरी टोलीले ती बारमा जाँच गर्ने क्रममा स्कुल तथा उच्च माविका विद्यार्थीलाई प्रवेश गराई आचारसंहिता विपरीत क्लब सञ्चालन गरिएकाले उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रभागका प्रवक्ता चक्रबहादुर सिंहले सो स्थानमा अनधिकृत रूपमा विद्यार्थीलाई प्रवेश गराइएकाले विद्यार्थी तथा सञ्चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनले विद्यार्थीलाई सम्झाई बुझाई साँझ उनीहरूको अभिभावकको जिम्मा लगाइएको तथा सञ्चालकमाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।