चैत्र ९– हतियारसहित नेपाली भूमिमा प्रवेश गरेका भारतीय एसएसबीका ६ जवानलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलामको पशुपतिनगरमा आज दिउँसो इलाका प्रहरी कार्यालय पशुपनितनगरले उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल भारत सीमा क्षेत्र मानेभंज्याङ नाकाबाट नेपाली भूमि हुँदै पशुपतिनगर निस्किएका उनीहरुलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालयमा राखेको प्रहरीले जनाएको छ ।

हतियारसहित नेपाल प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको नाम भने गोप्य राखेको छ ।



