चैत ९ बिहीबार साँझ अविरल वर्षासँगै परेको चट्याङ लागेर इलामका छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मङ्गलबारे–३ तपेवाका १८ वर्षीय मञ्जित सुब्बा र शान्तिपुर–३ का ६० वर्षीय मेखबहादुर तामाङको मृत्यु भएको हो ।

घरमै बसिरहेको अवस्थामा दुवैलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।