चित्रकला, नृत्य र भ्रमण रुचि भएकी उनी ५ फित ६ इन्च उचाइकी इशानी श्रेष्ठले मिस नेपाल–२०१३ को ताज पहिरीएकी छिन् ।

काठमाडौँस्थित प्रज्ञा भवनमा आज साँझ भएको अन्तिम प्रतियोगितामा उनले उपाधी १७ प्रतियोगिलाई पछाडी पारेर ताजको बाजी मारेकी हुन् ।

श्रेष्ठलाई मिस नेपाल–२०१२ श्रृष्टि श्रेष्ठले ताज पहिर्‍याएकी थिइन् । मिस नेपाल २०१३ बनेसँगै अब उनले मिस वर्ल्ड २०१३ मा नेपालको तर्फबाट भाग लिने छिन् । २१ वर्षीय इशानी डेन्टिस्टकी छात्रा हुन् ।

आजको प्रतियोगितामा फस्ट रनर अप रोजी शाही ठकुरी भइन् भने सेकेण्ड रनर अपमा सृतिमा शाहले ताज पहिरिइन् ।

आजको प्रतियोगितामा श्रेष्ठले मिस नेपाल–२०१३ को ताजसहित ५० हजार रुपैयाँ पाउँदा क्रमश फस्ट रनर अप शाहीले ३५ र सेकेन्ड रनर अप तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद प्राप्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।