चैत्र ७ – अख्तियार दुरुपयोग अनुसन्धानको प्रमुखमा प्रस्तावित भनिएका लोकमानसिंह कार्कीलाई अख्तियारमा नियुक्त नगर्न भन्दै आज सर्वोच्च अदालतमा रिट परेको छ ।

अख्तियारले नै अयोग्य ठहर्‍याएका कार्कीको नियुक्ति संविधानविपरीत रहेको भन्दै उनलाई अख्तियार प्रमुख बनाउन नहुने भन्दै सर्वोच्चमा रिट परेको हो ।

अधिवक्ता ओमप्रकास अर्यालद्वारा दायर रिटमा कार्कीलाई अख्तियारमा नियुक्ति गर्न खोज्नु जनतामाथिको धोका हुने पनि उल्लेख गरिएको छ ।

कार्की २०६२/६३ को जनआन्दोलन दमनकर्ता मध्येका एक व्यक्तिका रुपमा चिनिन्छन् । पूर्वराजा ज्ञानेन्द्र शाहीकालिन अवस्थामा उनी मुख्य सचिव समेत भएका थिए ।

उनै कार्कीलाई अख्तियारले भने ७२ लाख रुपैयाँबराबरको सुन तस्करी काण्डमा दोषी ठहराएको थियो ।

अहिले आएर उनलाई अख्तियारको प्रमुख बनाउने तयारी गरेपछि चौतर्फी विरोध सुरु भएको छ भने आज आएर सर्वोच्चमा रिट समेत दायर भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।