चैत्र ४ – प्रमुख चार दलद्वारा गठित राजनीतिक समितिले चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई असार ४ गते संविधानसभाको निर्वाचन तोक्न सुझाव दिएको छ ।

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेसी मोर्चाद्वारा गठित राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीपरिषदका अध्यक्ष रेग्मीलाई भेटेर यस्तो सुझाव दिएका हुन् ।

प्रचण्डले भोलि बस्ने मन्त्रीपरिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्न सुझाव दिएको पनि भेटपछि पत्रकारहरुसँग बताए ।

अध्यक्ष रेग्मीसँगको भेटमा प्रचण्डले भोलिसम्ममा मन्त्रीपरिषद विस्तार गर्न सुझाव दिएको समेत बताइएको छ ।

यसैबीच, राष्ट्रपतिले आजै संबैधानिक नियुक्तीको लागि सरकारले सिफारीश गरेको अध्यादेश स्वीकृत गरेपछि नियुक्तीको बाटो खुलेको छ ।

संवैधानिक निकायमा नियुक्तीको लागि सरकारले संबैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी अध्यादेश राष्ट्रपतिलाई पठाएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।