चैत्र ४ – नयाँ निर्वाचन गराउन गठित अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले आफू अदालतको काम कारबाहीमा संलग्नता नरहने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले न्याय परिषद् र सर्वोच्च अदालतको काम कारबाहीमा आफ्नो संलग्नता नरहने हुन् ।
सो क्रमा उनले निर्वाचन नै सबैभन्दा महत्वपूर्ण विषय भएकाले त्यसलाई अघि बढाउन पूरै राज्य संयन्त्रको ध्यान केन्द्रित हुनुपर्ने समेत उल्लेख गरे ।

चुनावका बारेमा निर्वाचन आयोगमा अहिले रहेका कर्मचारीसँग तीव्ररुपमा छलफल भइरहेको तथा सम्पूर्ण कर्मचारी संयन्त्रसमेत निर्वाचनमा केन्द्रित रहेको उनको भनाई छ ।
सञ्चारकर्मीहरुसँग उनले प्रमुख चार दलले निर्वाचन गराउने महत्वपूर्ण जिम्मा आफूलाई दिएको भन्दै मन्त्रिपरिषद्को विस्तारसँगै आयोगका आयुक्तको छिटोभन्दा छिटो नियुक्ति गर्ने, त्यसपछि आयोगले निर्वाचनका लागि थप गृहकार्य गर्ने र छिटो निर्वाचन गर्ने प्रक्रियालाई प्रतिबद्धताका साथ लाने लक्ष्य रहेको उल्लेख गरे ।







