चैत्र ४ – विदेश जान्छु भन्दै घरबाट निस्किएकी इलाम साङरूम्वा–८ की २३ वर्षीया नीरमाया तामाङ बेपत्ता भएकी छिन् । गहुँुगोरो वर्णकी तामाङ शुक्रबार दिउँसोबाट हराएकी उनका श्रीमान् टीकाराम तामाङले बताए ।
चिट्ठी लेखेर बेपत्ता भएकी श्रीमती खोजी दिन श्रीमान्ले प्रहरीलाई अनुरोध गरेका छन् । ‘म साउदी अरब गएँ, मलाई खोज्ने प्रयास नगर्नु होला’ भनेर चिट्ठीमा लेखिएको टीकारामले जानकारी दिए ।
घर सल्लाह नै नगरी दुई छोरा छोरीलाई छाडेर उनी बेपत्ता भएको र अहिलेसम्म कहीँ खबर गर्दासमेत नभेटिएको उनको भनाइ छ । नीरमायाका साथीभाइ, आफन्त र माइतीमा पनि सम्पर्क ग¥यौँ तर कतै फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।
Comments