चैत्र ३ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालको राष्ट्रियता कमजोर भइ लोकतन्त्रको भविष्य अनिश्चितता तर्फ बढेको औल्याएका छन् ।

नेपाल वित्तीय कर्मचारी सङ्घको सातौँ जिल्ला अधिवेशनमा उनले पछिल्ला दिनहरुमा मुलुकमा वैदेशिक हस्तक्षेप अत्यन्तै बढेको उल्लेख गर्दै चिन्ता समेत व्यक्त गरे ।

कार्यक्रममा उनले पछिल्लो समयमा भएका विभिन्न गतिविधि तथा राजनीतिक दृश्यले नेपालको राष्ट्रियता कमजोर भई लोकतन्त्रको भविष्य अनिश्चित देखिएको विचार व्यक्त गरे ।

राष्ट्रवादीहरुको एकताले मात्र राष्ट्रियतालाई बलियो बनाउन सक्ने र त्यसले लोकतन्त्रलाई सुदृढीकरण गर्ने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक पद्धतिमा शक्ति पृथकीकरणको सिद्धान्त महत्वपूर्ण हुने उनको भनाई छ ।

कोइरालाले अहिलेसम्म जनताले गरेका विभिन्न आन्दोलनका माध्यमबाट प्राप्त भएका राजनीतिक उपलब्धीलाई जोगाउन शक्ति सन्तुलनको सिद्धान्त आवश्यक रहेको भन्दै वर्तमान कार्यपालिका प्रमुख खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिएर निस्पक्ष चुनाव गराउनुपर्ने पनि विचार व्यक्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।