चैत्र २ – राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री खिलराज रेग्मी तथा मन्त्रीहरुलाई नेकपा–माओवादीसहित ३४ दलले जिल्ला प्रवेश गर्न नदिने भएका छन् ।

३४ दलको आज बसेको बैठकले अन्तरिम संविधान विपरित चुनावी सरकार गठन गरिएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री, तथा मन्त्रीहरुलाई जिल्ला प्रवेश गर्ने र वर्तमान सरकारले गरेका काम कारबाहीलाई बहिस्कार गर्ने निर्णय गरेका हुन् ।

नेकपा–माओवादीको नेतृत्वमा राजधानीमा बसेको बैठकले राष्ट्रपति यादवले चार दलको असंबैधानिक कदमलाई स्वीकार गरेर गम्भीर षड्यन्त्र गरेको पनि निष्कर्ष निकालेका छन् ।

३४ दलले चुनावी सरकारको विकल्प राजनीतिक दल मात्रै भएको निष्कर्ष निकाल्दै प्रधानन्यायाधीशको नेतृत्व कुनै पनि हालतमा स्वीकार नगर्ने घोषणा समेत गरेका छन् ।

बैठकपछि नेकपा–माओवादीका सचिव देव गुरुङले विदेशीको आडधापमा बनेको सरकारको नेतृत्व मान्य नहुने भन्दै कडा संघर्षका कार्यक्रम ल्याइने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।