चैत्र २ – चुनावी सरकारका लागि प्रमुख चार राजनीतिक शक्तिले गरेको ११ बुँदे सहमति पत्र चलाउने क्रममा नेकपा–माओवादी र प्रहरीबीच रत्तपार्कमा झडप भएको छ ।
दलहरु भित्रैबाट सहमतिय सरकार गठन गर्न माग गर्दै आएको नेकपा माओवादीले आज प्रायोजित तरिकाले प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रमुख बनाएको भन्दै सरकार बनाउन चार दलले गरेको सहमति पत्र जलाएको हो ।
उक्त सहमति पत्र जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि रत्नपार्क केही समय तनावग्रस्त समेत बनेको थियो ।
झडपका क्रममा ३ जना माओवादी कार्यकर्ता घाइते भएको माओवादीले जनाएको छ ।
सहमति पत्र जलाएपछि उक्त विरोधसभामा बोल्दै नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चार दलबीच भएको सहमति विदेशीको तजबिजमा भएको भन्दै कुनै पनि हालतमा स्वीकार्य नभएको बताए ।
सभामा बोल्दै उनले उक्त सहमति कुनै पनि राष्ट्रवादीहरुले स्वीकार गर्न नसक्ने भन्दै त्यसका विरुद्ध उत्रन आह्वान समेत गरे ।र