चैत्र २ – प्रधानन्यायाधी खिलराज रेग्मीले अन्तरिम चुनावी सरकारको अध्यक्षको सपथ खाएको ४८ घण्टा भित्रै नेकपा एमालेबाट पनि विरोध खेप्नु परेको छ ।
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले चुनावी सरकारको नेतृत्व गर्ने वित्तिकै आफूखुसी मन्त्रिपरिषद् विस्तार गरेको आरोप लगाएका हुन् ।
ओलीद्धारा आह्वान गरिएको अनौपचारिक बैठकमा अध्यक्ष झलनाथ खनाल, सचिव शंकर पोखरेल लगायतको सहभागिता रहेको अवस्थामा रेग्मीको आलोचना भएको हो ।

बैठकममा ओलीले रेग्मीले दलहरुबीच छलफलनै नगरी आफूखुसी गर्न लागेको आरोप लगाउँदै रेग्मीले पाल्पालाई मात्र नेपाल सम्झिए भन्दै आपत्ति जनाएका छन् ।
बैठकमा पार्टीको आगामी रणनीति र चुनावी सरकार गठन भएपछि आफूहरुले चाल्ने कदमका बारेमा छलफल भएको बताइएको छ ।



