चैत्र १ – बृहत शान्ति सम्झौता र अन्तरिम संविधानलाई नै वेवास्ता गरेको भन्दै सर्वोच्चमा रिट परेको छ ।

अधिवक्ताहरु गोपाल चन्द्र सिवाकोटी, कपिल पोखरेल र केदार गुराँगाईले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको अध्यक्ष बनाउँदा अन्तरिम संविधान र बृहत शान्ति सम्झौताको ठाडो उल्लंघन गरिएको भन्दै आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्चमा दायर रिटमा प्रधानन्यायाधीशलाई अन्तरिम चुनावी सरकारको अध्यक्ष बनाउँदा गरिएको ११ बुँदे सहमति पूर्ण रुपमा अन्तरिम संविधान र बृहत शान्ति सम्झौता विपरित रहेकाले खारेज गर्न भन्दै रिट दायर गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।