क्यान्सरले ग्रसित बनेकी अभिनेत्री मनिषा कोइराला अझै पनि पाठेघरको क्यान्सरको उपचार न्युयोर्कमा गराईराखेकी छिन् ।

उनलाई क्यान्सरबाट पूर्ण रुपमा छुटकारा मिल्नको लागि अझै केही महिना लाग्ने बताइएको छ ।

तर मनिषा भने आगामी जुन महिनामा मुम्बईस्थित घरमा आउने तरखरमा छिन् । आफूलाई पूरै सन्चो भएपछि पुन फिल्म क्षेत्रमा सक्रिय हुने मनिषाको भनाई छ ।

मनिषा घर फर्केपछि सबैभन्दा पहिले दिप्ती नवलद्वारा निर्देशित र आफैले निर्माण गरेको फिल्म ुदो पैसेकी धुप चार आनेकी वारिशुको रिलिज गर्ने तयारीमा लाग्ने बलिउड हंगामा डटकमले जनाएको छ ।

यो फिल्म धेरै पहिला निर्माण भइसकेको भएपनि निर्देशकले किन रिलिज नगरेको हो थाहा नभएको फिल्मका पात्र रजित कपुरले बताएका छन् । उता निर्देशक नवल भने मनिषा स्वस्थ भएपछि मात्र फिल्म रिलिज गर्ने बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।