फागुन ३० – सहकारीमार्फत विभित्र कार्यक्रमलाई सहयोग गर्नेक्रममा जिल्ला पशुसेवा कार्यालय नुवाकोटले ककनीमा रहेको एक सहकारी संस्थालाई बँगुर पालनको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

कार्यालयले सहकारीमार्फत बँगुरपालन कार्यक्रम सञ्चालन गर्नका लागि ककनी गाविस– १ मा रहेको ल्हासो फ्याफूल्ला सामाजिक उद्यमी महिला समूहलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

दस वटा सहकारीको प्रस्तावमध्ये ल्हासो फ्याफूल्ला छनोटमा परेको हो । आठ लाख ४३ हजार रकम रहेको कार्यक्रमको पशुसेवा कार्यालयका प्रमुख डा गौरीमान श्रेष्ठ र सहकारीकी अध्यक्ष नानीमाया तामाङबीच सम्झौतापत्रका हस्ताक्षर भएको छ ।

सहकारीको प्रस्ताव र यसको कार्यक्षमता अध्ययन गर्दा कार्यालयले गरेको लगानी सही हुन्छ भत्रे निष्कर्षको साथ छनोट गरी लगानी गरिएको कार्यालयका प्रमुख डा श्रेष्ठले बताउनुभयो ।

पशुसेवाको कार्यक्रम सहयोगमा सञ्चालन हुने बँगुर पालनले महिलाहरूलाई आत्मनिर्भर बनाउने जिल्ला सहकारी सङ्घका अध्यक्ष बैकुण्ठ मिश्रले बताउनुभयो ।

सहकारीमा ककनी र मदानपुर गाविसका ३०० जनाभन्दा बढी महिला सदस्य रहेका छन् । महिलाहरूले सहकारीमार्फत स्थानीय रूपमा सचेतना, सरसफाइ, आयआर्जन, आत्मनिर्भरताको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।