फागुन ३० – कञ्चनपुरमा तीन श्रीमती विवाह गर्ने एक जनालाई प्रहरीले कान्छी श्रीमतीसहित नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर दैजी–५ का २५ वर्षीय सुरेन्द्र ओखेडालाई नयाँ श्रीमती सारदा दमाईसहित प्रहरीले पक्राउ गरेको हो । ओखेडका विरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

ओखेडाले फागुन २० गते सारदालाई ललाइफकाइ घरबाट भगाएका थिए । उनका यस अघिका दुई श्रीमतीका दुई÷दुई जना छोरा र छोरी रहेका छन् । घरमा भएका दुवै जना श्रीमती दिदी बहिनी हुन् ।
ओखेडाले माया बसेर तेस्रो विवाह गरेको प्रतिक्रिया दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।