फागुन ३० – नेकपा–माओवादीका केन्द्रिय सदस्य महेश्वर दाहालले प्रधानन्यायाधीशले कुनै पनि हातलमा चुनाव गराउनै नसक्ने ठोकुवा गरेका छन् ।

चार दलले चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिए त्यो आफ्नो पार्टीलाई मान्य नहुने भन्दै दाहालले कुनै पनि बहानामा रेग्मीलाई प्रधानमन्त्री बनाए त्यसले चुनावै गराउन सक्ने जनाए ।

हेलोखबरसँग कुरा गर्दै दाहालले प्रधानन्यायाधीशलाई प्रायोजित तरिकाले सरकारको जिम्मा दिन खोजेको प्रति आपत्ति जनाउँदै रेग्मीले चुनाव गराए शाही सरकारको चुनाव जस्तै मात्रै हुने उल्लेख गरे ।

प्रधानन्यायाधीसकै विषयमा दुई पटक समेत नेपाल बन्द भएको स्मरण गराउँदै उनले रेग्मीलाई चार दलले प्रधानमन्त्री बनाए पार्टीले तत्काल आन्दोलनका नयाँ कार्यक्रम गर्ने समेत जनाए ।

यसैबीच, अहिले बानेश्वरस्थित इन्द्रेणी क्लबमा भेला भएर प्रधानन्यायाधीशको विरुद्धमा ज्ञापन पत्र बुझाउन दर्जन भन्दा बढी दल राष्ट्रपति कार्यालय जाँदैछन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।