फागुन ३० – बहालावाला प्रधानन्यायाधी खिलराज रेग्मीलाई चुनावी प्रधानमन्त्रीको आजै सपथ गराउन प्रमुख चार राजनीतिक शक्ति सहमत भएको छन् ।

पूर्व जनमुक्ति सेनालाई एक महासेनानी र दुई प्रमुख सेनानी दिने विषयमा सहमति भएसँगै दलहरु आजै प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको सपथ खुवाउने तयारी गर्न थालेका छन् ।

सेना समायोजन विशेष समिति कार्यालय नयाँ बानेश्वरमा बसेको एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेसी मोर्चाको बैठकमा आजै प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन दलहरुले सहमति जनाएका हुन् ।

बैठकपछि बाहिरिदै अर्थमन्त्री वर्षमान पुनले कानुनी भाषा मिलाउन मात्रै बाँकी रहेको र दलहरुबीच आजै प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गराउन सहमत भईसकेको बताएका थिए ।

राष्ट्रपति कार्यालय र प्रधान न्यायाधीश आजै सपथ ग्रहण गर्न तयार भएको खण्डमा समय मिले सरकार र राजनीतिक दल प्रधानन्यायाधीशलाई आजै सपथ ग्रहण गराउने पक्षमा रहेको समेत उनको भनाई थियो ।

मन्त्री पुनले केही समयपछि सेना समायोजन विशेष समितिको बैठक र मन्त्री परिषद्को बैठक पनि बस्ने र राजनीतिक दलहरुबीच सहमति पत्रमा पनि हस्ताक्षर हुने पनि जनाए ।

यसैबीच, अहिले मन्त्री परिषदको बैठक बसिरहेको छ । यता, राष्ट्रपतिको कार्यालयमा बाधा अड्काऊ फुकाउका लागि अध्यादेश पेश पनि आजै हुँदैछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।