नेकपा–माओवादीसहित २२ दलले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

प्रमुख चार राजनीतिक शक्तिले प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको जिम्मा लगाउन लागेपछि २२ दलले आज संयुक्त रुपमा बैठक बसेर यस्तो निर्णय गरेका हुन् ।

उनीहरुले प्रायोजित रुपमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन खोजेको भन्दै रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

असंवैधानिक रुपमा न्यायपालिकाका प्रमुखलाई चुनावी सरकारको नेतृत्व दिने षड्यन्त्र भइरहेको भन्दै उनीहरुले राजनीतिक दलहरुभित्रैबाट चुनावी सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

अन्तरिम संविधानलाई मनोमानी र निरंकुश ढंगले संशोधन गर्ने भन्ने तीन दल र मोर्चाको प्रस्तावमा गम्भीर असहमति छ २२ दलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ‘संवैधानिक प्रावधान अनुरुप दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरको गठन गरिनुपर्दछ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।