फागुन २९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले दिशाहिन बन्दै गरेको मुलुकले भोलिसम्म नयाँ प्रधानमन्त्री पाए पनि जेठमा चुनाव हुन नसक्ने बताएका छन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन सिरहामा पुगेको उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै चुनाव बिना दिशाहीन बन्दै गएको देशलाई दिशा दिनका लागि पनि निर्वाचन गराउन सक्ने हैसियत बोकेको व्यक्ति प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिए ।

सो क्रममा उनले प्रधानन्यायाधीश खिलराज रेग्मी विरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्धाको टुंगो नलाग्दै सपथ खुवाउन नहुने भन्दै प्रधानमन्त्रीको निश्चित भएपनि फैसला पछि मात्रै सपथ खुवाउनुपर्ने बताए ।

पत्रकारहरुसँग उनले देशले भोलि प्रधानमन्त्री पाए पनि जेठमा भने चुनाव हुन नसक्ने दाबी गरे । चुनावी तयारीका लागि कम्तिमा पनि तीन महिना समय चाहिने उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।