फागुन २९ – बुटबलका एक शिक्षकले आफ्नै कक्षामा अध्ययन गरिरहेकी एक बालिकालाई यौन दुब्र्यवहार गरेका छन् ।

बुटबलको मणिमुकुन्द स्कुलमा अध्यापन गराउने शिक्षक युबराज मैनालीले कक्षा–३ मा अध्ययन गर्ने १० वर्षीय छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिकाले अभिभाबकलाई जानाकारी गराए लगत्तै परिबारको पहलमा मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायब निरीक्षक राजकुमार बैदबारले बताए ।
उनका अनुसार आवश्यक अनुसन्धान पछि उनलाई कार्वाहि प्रकृया अघिबढाईने र बालिका सकुसल रहेको बताए ।

साथै अभिभावकहरुले पनि दिनदहाडै कक्षाकोठामै बालिका माथि यौन दुव्र्यहार हुनु असुरक्षित महशुस गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।