फागुन – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सहमतिको नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाएर अल्झाउन नहुने बताएकी छन् ।

कोइरालाले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँदा दलहरु असफल हुने सन्देश जनतामा जाने भन्दै दल भित्रैबाट प्रधानमन्त्री छानिनुपर्नेमा जोड समेत दिइन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै कोइरालाले काँग्रेस र नेकपा एमाले पनि वर्तमान सरकारमा सहभागी भई निर्वाचनमा जानुपर्ने तर्क गरिन् ।

दुवै दल यही सरकारमा सहभागी भएर निर्वाचन गराउँदा उपयुक्त हुने उनको भनाई छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।