फागुन २६ – प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारको टुंगो लगाउन भन्दै आज पनि छलफलमा जुटेका चार शक्तिहरु निष्कर्ष बिहीन बनेका छन् ।

सहमति जुटाउन भन्दै एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेसी मोर्चा निरन्तर छलफलमा जुटिरहे पनि आ–आफ्नो हटका कारण उनीहरु सहमतिमा भने पुग्न सकेका छैनन् ।

सञ्चारमाध्यममा उनीहरुले सहमति जुट्नै लागिसक्यो भनेर प्रचार गरेपनि उनीहरुबीच दलभित्रै पनि र बाहिर पनि विवादको थाति छ ।
यस्तै अवस्थामा आज बिहाने ११ बजेदेखि बानेश्वरमा बसेको चार दलको बैठक पनि व्यर्थै हुन पुग्यो ।

सहमति भइसकेको बिषयमा पनि पुनः असहमति उत्पन्न भएको भन्दै शुक्रबार बैठक स्थगित भएपछि आज पुनः बैठक बसेपछि उक्त बैठकमा पनि कुनै सहमति जुट्न नसकेको हो ।
दलहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यादेश, नागरिकता, मतदाता परिचय पत्र र समायोजित लडाकुको दर्जा निर्धारणबारे गम्भीर मतभेद छ ।

यता, दलहरु भित्र पनि प्रधानन्यायाधीशलाई शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा प्रधानमन्त्री बनाउन हुने र नहुने गरी दुई खेमको विवाद उत्तिनै छ ।

सो विषयमा नेकपा–माओवादीसहि साना दलहरु भने आन्दोलनमा समेत होमिसकेका छन् । यस्तो अवस्थामा दलहरु भने प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको कुर्सी धमधमाई दिएर समाधान भन्दा अन्यौलताको वातारण सिर्जना गर्न लागेको भनेर पनि आलोचना बढ्न थालेको छ ।

प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएमा उक्त सरकारले पनि चुनाव गराउन नसक्ने र देश झन् अन्यौलग्रस्त बन्ने आलोचकहरुको विश्लेषण रहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।