माघ २५, रासस – चेतनाको विकाससँगै बाके जिल्लाका मधेसी महिलाहरू आफ्नो पाठेघर तथा यौनसम्बन्धी रोग र समस्याबारे खुल्न थालेका छन् ।

गाउँ–गाउँमा छलफल र जनचेतनाका कार्यक्रम सुरु भएपछि उनीहरू हिजोआज आफ्नो समस्या स्वास्थ्य चौकीमा पुगेर खुलेर राख्न थालेपछि वर्षौदेखि समस्याबाट थलिएकाले उपचार पाएका छन् ।

बाँके शमशेरगन्ज—५ चौधरियाटोलका मिना आर्यले स्वास्थ्य चौकीमा पुगेर आफ्नो समस्या खुलस्त रूपमा राखेपछि वर्षौदेखि पाठेघर खस्ने समस्याबाट मुक्त भएका छन् ।

मिनाले गाउँकै महिला समूहमा आबद्ध भएर पाठेघर खस्ने र यौन समस्यासम्बन्धी छलफल गर्ने, समस्याको समाधान निकाल्ने र स्थानीय स्वास्थ्य चौकीमा पुगेर आफ््ना र आफू जस्तै मधेसी महिलाका समस्या खुलस्त राख्न सक्ने अभियानको समेत सुरु गरेकी छन् ।

गाउँमा बालविवाह नगर्न, पाठेघर, यौन र गर्भवतीका समयमा समस्या र अप्ठेरो परे स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा जान सुझाव दिने गरेको उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।