फागुन २४ – तनहुँको व्यास–१० स्थित विजया पौडेलको तरकारी तथा किराना पसलमा हिजो विद्युत् सर्ट भइ आगलागी हुँदा एक लाख ५० हजार बराबरको धनमालको क्षति भएको छ ।
आगलागीमा २३ हजार मूल्यको विद्युतीय तराजु, तरकारी र खाद्यान्नमा क्षति पुग्दा उक्त मूल्य बराबरको क्षति भएको पीडित पौडेलले बताए ।

बन्दकर्ताले जर्बजस्ती पसल बन्द गरिदिएका कारण पकाइरहेको चिया समेत निकाल्न नपाउँदा उक्त आगलागी भएको पौडेलले बताए ।
विद्युतीय जगमा पकाइएको चिया सुकेपछि सो पसलमा आगलागी भएको बताइएको छ ।
स्थानीय बासिन्दाले समयमै विद्युत् कटौती गरी आगो नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट जोगिएको पीडित परिवारले जनाएको छ । रासस
Comments







