फागुन, २३ – नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्द सफल भएको बताएको छ ।

बिहिबार नेपाल बन्दको आह्वान गरेको मोर्चाको बन्दका कारण बुधबार मुलुकभरको जनजीवन प्रभावित बन्यो । प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन प्रक्रिया अगाडि बढाएको विरोधमा मोर्चाले नेपाल बन्द आह्वान गरेको हो ।

बन्दको मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी, नेकपा एकीकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहभागी संयुक्त मोर्चाले सहभागिता जनाएका छन् ।

नेपाल बन्दका क्रममा राजधानीका सडकमा एम्बुलेन्स, रेडक्रश, शव बहान, स्वास्थ्य, पानी, दूध, फोहोर, कुटनीतिक नियोग, मानवअधिकार र प्रेसका गाडी भने प्रशस्त मात्रामा गुडेका देखिए । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।