फागुन – चीनले सन् २०१३ मा नवीकरणीय उर्जा उत्पादन व्यापक रूपमा वृद्धि गर्ने भएको छ ।

हालका हप्ताहरूमा मुलुकमा वातावरणीय प्रदूषणका कारण जनताले क्रोध व्यक्त गरेपछि चीनले नविकरणीय उर्जा वृद्धि गर्न लागेको बताएको हो ।

चीनले सन् २०१३ मा दुई करोड १० लाख किलोवाट जलविद्युत, एक करोड ८० लाख किलोवाट वायु विद्युत, एक करोड किलोवाट सौर्य विद्युत उत्पादन गर्ने जानकारी नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनले एक प्रतिवेदनमार्फत दिएको छ ।

यो अङ्क गत पाँच वर्षको वार्षिक वृद्धि तथ्याङ्कभन्दा निकै उच्च हो । चीनमा गत पाँच वर्षमा औसत रूपमा प्रतिवर्ष दुई करोड किलोवाट जलविद्युत, एक करोड १६ लाख किलोवाट वायु विद्युत तथा १४ लाख किलोवाट सौर्य विद्युत उत्पादन भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।