डिसीनेपाल डटकम संवाददाता – एक किशोरीको सामुहिक बलत्कार गर्ने २ जनालाई जिल्ला अदालत बैतडीले १३ बर्षको जेल सजाय सहित जनही ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला अदालत बैतडीले सामुहिक बलत्कारको अभियोगमा पक्राउ परेका २ जनालाई झण्डै १ बर्षपछि आज फैसलामा यस्तो सजाय सुनाएको हो ।
अदालतका न्यायाधिश हिमालय राज पाठकको एकल ईजलाशले एक किशोरीलाई सामुहिक बलत्कार गरेको भन्दै गुजर गाबिस ३ का २८ बर्षिय अम्मर राज अवस्थी र भुमेश्वर गाविस–२ का सागर भट्टमाथि फैसला सुनाएको अदालतका श्रेस्तेदार खेम नारायण लामिछानेले जानकारी दिए ।

जिल्लाको पाटन गाबिसमा गत साल चैत्र महिनाको ९ गते कैलपाल गाबिस वडा नम्बर २ कि एक किशोरीलाई फोटो स्टुडियो भित्र उनिहरुले सामुहिक बलत्कार गरेका थिए । फैसलासंगै अभियुक्तहरुलाई आजै जिल्ला कारागार बैतडी चलान गरिएको श्रेस्तेदार लामिछानेले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।