फागुन २२ लुम्बिनीका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या अत्यधिक बढेको छ ।
दुर्घटनामा छ महिनामा तीन जिल्लामा गरी ८६ जनाको मृत्यु भएको छ भने १३३ जनाको अङ्गभङ्ग भएका छन् । चालु आवमा गुल्मीमा १०, अर्घाखाँचीमा सात र पाल्पामा १८ वटा ठूला दुर्घटना भएका थिए । सवारी दुर्घटनामा साउनयता गुल्मीमा २२, अर्घाखाँचीमा २१ र पाल्पामा ४३ जनाको मृत्यु भएको जनाएको छ ।

रातिको यात्रा, अप्ठेरो बाटो, चालकले मदिरासेवन गर्नेलगायतका कारण दुर्घटना हुने गरेको पाल्पाका प्रहरी नायब निरीक्षक स्थानेश्वर रेग्मीले बताए ।

अयोग्य चालक, नराम्रो सडक र पहाडी क्षेत्रमा पुराना गाडी सञ्चालनमा आउँदा दुर्घटना बढी हुने गुल्मीका डिएसपी गुरुविष्णु काफ्लेले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।