फागुन २१ – आफ्नै हात काटेर रगतले कोठाको व्हाइट बोर्डमा आई लभ यूपछि प्रेमिको नाम लेखी महोत्तरीको बर्दिबासमा एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेका छन् ।
कक्षा ११ मा अध्ययनरत गौरीबाँस–२ का १६ वर्षिय निरज कार्कीले आत्महत्या गरेका हुन् ।
कक्षा कोठाको बोर्डमा ती विद्यार्थीले आई लभ यू अस्मिता लेखेर पंखामा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।
बर्दिबासस्थित वर्ष १६ का निरज कार्कीले नवक्षिति क्याम्पसको दोस्रो तल्लाको अन्तिम कोठामा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बिहान विद्यार्थीहरु कक्षा कोठामा पस्दा आफ्नै साथी झुण्डिएको अवस्थामा देख्दा सबै छक्क पर्दै अत्तालिएका थिए । उनले मध्यराती नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
Comments