फागुन २२ – कैलालीको अत्तरियामा मंगलबार साँझ एक ट्याक्टरको ठक्करबाट एलएलसीको तयारी गरिरहेकी एक किशोरीको मृत्यु भएको छ ।

कञ्चनपुरबाट कैलालीतर्फ आईरहेको सिमेन्ट बोकेको से १ त ३०२३ नम्बरको ट्याक्टरको ठक्करबाट मालासेती गाविस–५ की करिव १५/१६ वर्षिया सरस्वती बोगटीको मृत्यु भएको हो ।
किशोरीलाई ठक्कर दिने उक्त ट्याक्टरका चालक लोकेन्द्र चौधरीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

बोगटी एसएलसी परीक्षाका लागि ट्युशन पढेर फर्कदै गर्दा उक्त ट्याक्टरले ठक्कर दिएको हो । प्रहरीले ट्याक्टरमा ओभरलोड समान बोकेकाले नियन्त्रण बाहिर गएको हुनसक्ने अनुमान गरेको छ ।

यसैबीच, घटनाको विरोधमा कैलालीको अत्तरियामा विद्यार्थीले चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।