फागुन २० – घरासयी झगडाका क्रममा चितवनको भरतपुरमा एक व्यक्तिले आफ्नी श्रीमतीको आज हत्या गरेका छन् ।
भरतपुर नगरपालिका वडा नम्बर १३ आनन्दचोकमा डेरा गरी बस्दै आएका मोहन विकले श्रीमती माया विकलाई झगडाका क्रममा दाउराको चिर्पट हानेर हत्या गरेका हुन् ।

आज बिहान घरायसी विवादमा मोहनले चिर्पट प्रहार गर्दा मायाको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

श्रीमतीको हत्यापछि पति मोहन भने फरार भएको चितवन प्रहरीले जनाएको छ । यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।