फागुन १८ – नेपालकै ठुलो आयोजना कालीगण्डकी ए आजदेखी १० दिनका लागि बन्द हुने भएको छ ।

विद्युत केन्द्र मर्मतका लागि उक्त आयोजना बन्द भए लोडसेडिङ नबढ्ने विद्युत् प्राधिकरणले जनाएको छ ।

विद्युत केन्द्रको सुरुङबाट टर्वाइनमा पानी लैजाने पाइपमा चुहावट भएपछि मर्मतका लागि उत्पादन नै ठप्प गर्नुपरेको विद्युत आयोजना केन्द्रले जननाएको छ ।

एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी ए अहिले पानीको वहाव कम भएकोले ५० देखि ६० मेगावाट विजुली उत्पादन गर्दै आएको थियो ।

यसरी उक्त आयोजना बन्द हुन लागेपनि विद्युत प्राधिकरणले भने लोडसेडिङका मात्रा १२ घण्टा भन्दा नथपिने जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।