फागुन १७ – रुकुमको मग्मा गाविसकी एक महिलाको कानबाटै एक तोला सुन लुटिएको छ ।

वडा नम्बर ५ की ४८ वर्षीया अमृता खत्रीको कानबाटै दुई जनाको सङ्ख्यामा रहेका लुटेराले एक तोलाका दुईवटा (कानबाली रिङ) लुटेका हुन् ।


स्थानीय थारहान्ने जङ्गलमा स्याउला लिन गएकी खत्रीलाई चक्कु देखाएर धम्क्याउँदै लुटेराले लगाएको सुन खोल्न लगाएका थिए । दुवैले मुखमा कालोपट्टी बाँधेकाले उनीहरूलाई चिन्न नसकेको पीडित खत्रीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।