फागुन १७ – अज्ञात समूहले आज बिहान ५:४५ बजे गोल्डेनगेट विद्यालयको बसमा आगजनी गरेको छ ।

काठमाडौँको स्वयम्भू सानो भ¥याङ नजिक विद्यार्थीहरू बोकेर गइरहेको सो बसमा आगजनी गरिएको थियो ।
सो समूहले बसलाई घेरा हालेर विद्यार्थीहरू र चालकलाई ओरालेपछि बसमा आगजनी गरेको थियो ।

बा १ क ९११७ नम्बरको सो बस पूर्ण रूपमा क्षतिग्रस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।