फागुन १६ – हृदयघातपछि बैंककमा उपचाररत पूर्वयुवराज पारस शाहको ब्लड प्रेसर र मुटुको धड्कन औषधी बिनै नियन्त्रणमा आएको छ ।

तर उनको अवस्था भने अझै पनि गम्भीर तर स्थिर नै रहेको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

उनको अवस्था क्रिटिकल नै रहेपनि आजदेखि उनका केही मांशपेशीले काम गर्न थालेको पनि अस्पतालले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

यसअघि उनका कुनै पनि मांशपेशीले काम गरेका थिएनन् । उनी झण्डै हप्तादिन अघिदेखि अस्तालमा अचेत अवस्थामा उपचाररत छन् ।

यसैबीच, उनको अवस्थाबारे जानकारी लिन आज पूर्व राजा तथा पूर्व रानी ज्ञानेन्द्र र कोमल त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।