फागुन १६ – चुनावी सरकार गठन प्रक्रियाको टुंगो लगाउन चार दलद्वारा गठित कार्यदलको आजको बैठक बिना निष्कर्ष टुंग्ङिगएको छ ।

एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेसी मोर्चाद्वारा गठन गरिएको कार्यदलको आजको बैठकमा सहमति नजुटेपछि भोलि पुनः बैठक बस्ने भन्दै टुंगिएको हो ।
कार्यदलको बैठकमा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि संवैधानिक र कानुनी जटिलता फुकाउनेबारे भएको छलफलमा कुरो अड्किएको छ ।

आजको बैठकमा नागरिकता, मतदाता नामावली, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्वन्धी आयोग गठन विषयमा पनि सहमति हुन नसकेको बताइएको छ ।

बैठकपछि कार्यदलका सदस्यहरुले भोलिको बैठकमा यी विषयमा छलफल गरी सहमति जुटाउन प्रयास गरिने बताएका छन् ।

माथिका सबै विषयमा प्याकेजमा सहमति भएपछि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको प्रकृया सुरु हुने भएपछि कार्यदल छलफलमा जुटेपनि कुनै सहमति भने हुन सकेको छैन ।

यसअघि प्रधानन्यायाधीश खिलराज रेग्मीले दलहरुको प्रस्तावमा आफू चुनावी सरकारको नेतृत्व लिन तयार रहेको स्पष्ट पारी सकेका छन् । तर उनको यस्तो कदम पनि दल तथा कानुन क्षेत्रमै विवादको उच्च शिखरमा छ


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।