फागुन १५ – अपराध नियन्त्रणको अभियान अन्तर्गत पक्राउ परेका सात सय ११ गुण्डामध्ये केहीलाई प्रहरीले कपाल काटेर घर पठाएको छ।
राजधानीका विभिन्न ठाउँमा चोरी, लुटपाट, गुण्डागर्दी गर्दै अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउमा परेका सात सय ११ मध्ये केहीलाई कपाल काटेर घर फर्काएको महानगरीय परिसर हनुमान ढोकाले जानकारी दिएको छ।
राष्ट्रिय समाचार समितिले उल्लेख गरेअनुसार चोरी, लुटपाट, गुण्डागर्दी जस्ता अपराधलाई नियन्त्रण गर्न सञ्चालन गरिएको ट्यापे, मुन्द्र, गुण्डा नियन्त्रण अभियान अन्तर्गत सात सय ११ जना पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा नयाँ बानेश्वरबाट ८३, कोटेश्वरबाट ११, गौशालाबाट ३२, कपनबाट ३९, महाराजगन्जबाट ६५, बौद्धबाट ७१, साँखुबाट ५, दरबारमार्गबाट १७, कमलपोखरीबाट ३२, सोह्खुट्टेबाट ४१, सिंहदरबारबाट ४२, गोगंबुबाट ९, फर्पिङबाट ४, कीर्तिपुरबाट ५, थानकोटबाट १ र स्वयम्भूबाट ३१ जना रहेको महानगरिक प्रहरी परिसर हनुमान ढोकाले बताएको छ ।
पक्राउ परेका सबैको नाम, थर, वतन, हुलिया, औठाछाप र फोटो लिने काम भइरहेको र परिवारको सल्लाहमा कपाल काटेर केहीलाई घर पठाइएको समेत प्रहरीले बताएको छ ।