फागुन १५ – बुटवलको ब्यस्त ठाउँ पुष्पलालपार्क नजिकै सडक छेउमा राखिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेका छ ।
प्लास्टिकको झोलामा साढे २ लिटरको नयाँ प्रेसर कुकर संगै नेकपा माओवादी क्रान्तिकारीको नामका पर्चा भेटिएपछि उक्तवस्तु बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बमको आशंकापछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर पुष्पलालपार्कमैकरिब ३ फिट गहिरो खाडल खनेर डिस्पोज गर्दा उक्त वस्तु शक्तिशाली बम रहेको पुष्टी भएको हो ।

बम डिस्पोज गर्नका लागि पुष्पलालपार्कमा बिहान ७ बजेदेखि करिब ३ घण्टासम्म सडकमा आवागमन बन्द गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।