फागुन १४ – पछिल्लो पटक रोजगारीको राम्रो गन्तव्य स्थल मानिएको दक्षिण कोरियामा नेपालीहरुका लागि रोजगारीको अवसर खुलेको छ ।
कोरियामा काम गरेर फर्किएका नेपालीहरुका लागि उक्त अवसर खुलेको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुअघि कोरिया गई कानुनी रुपमा बसेर फर्किएकाहरु पुनः जान चाहेमा भाषा परीक्षा पास गरे उनीहरुले अवसर पाउने भएका हुन् ।
उक्त विषयमा यसअघि फेबु्रअरी १५ मा श्रम तथा रोजगार मन्त्रालय र कोरिया सरकारबीच सम्झौता भएको थियो ।

समझादारी पत्रमा ईपीएसअन्तर्गत पुनः रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरीपछि भीसा अवधिभित्रै नेपाल फर्केका कामदार पुनः कोरिया जान पाउने उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।