फागुन १४ – प्रधानन्यायधीश खिलराज रेग्मीको नेृतवमा चुनावी सरकारको सम्भवना टर्यो भनिरहेका बेला रेग्मी भने प्रधानमन्त्रीको नेतृत्व लिन तयार भएका छन् ।

आज एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुसंगको छलफलमा प्रधानन्यायधीश रेग्मीले चुनावी सरकारको नेतृत्व लिने बताएका हुन् ।

तर सर्वोच्चमा रिट बिचाराधीन रहेकोले उक्त रिटको सुनुवाईले रोकेको खण्डमा भने उनले नेतृत्व नलिने बताएको जनाइएको छ ।

भेटपछि प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानन्यायधीश रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार रहेको सञ्चारकर्मीहरु बताए ।

उनले त्यसका लागि केही कानुनी र संवैधानिक प्रक्रिया टुंगो लगाउन दिउँसो तीन बजे मुख्य दलहरुको छलफल हुने जानकारी दिए ।

दलहरुले सर्वोच्चमा परेका र पर्न सक्ने मुद्दालाई विचार गरी रेग्मी नेतृत्वको सरकार गठनका लागि बाधा अड्काउ फुकाउने भट्टराईको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।