फागुन १३ – पूर्व युवराज पारस शाहको स्वास्थ्यमा हिजोको तुलनामा केही सुधार आएको छ ।
थाईल्याण्डको राजधानी बैंककको समित्भेज अस्पतालमा उपचार गराइरहेका उनको पेटको आन्तरिक रक्तश्राव नियन्त्रणमा आएको चिकित्सकहरुले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
चिकित्सकले आइतवार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा रक्तश्राव रोकिएको र औषधीको सहायतामा उनको रक्तचाप(ब्लड प्रेसर) पनि नियन्त्रणमा आएको उल्लेख गरेका छन् ।
चिकित्सकहरुले विज्ञप्तिमा भने यसपटक पनि पारसको स्वास्थ्य स्थिति जटिल तर स्थिर नै रहेको उल्लेख गरेका छन् ।
Comments








