फागुन १३ – काठमाडौँको बाङ्गेमुढामा छुरा हानेर काठमाडौँ रक्तकालीका १९ वर्षीय आयुष श्रेष्ठको शनिबार साँझ हत्या भएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार साथी भेट्न गएका श्रेष्ठको एक दर्जन भन्दा बढीको समूहले हत्या गरेको हो ।

आक्रमणबाट अर्का एक युवकसमेत घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता हेमन्तबहादुर पालका अनुसार घटना एकदमै सुनियोजित देखिएकाले छानबिन जारी रहेको छ ।

छुरा प्रहारबाट घाइते भएका श्रेष्ठको वीर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

हत्यामा सङ्लग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।