फागुन १३, रासस – जिल्ला प्रहरी कार्यालय मोरङले गाईको मासुसहित आज कटहरीबाट दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
कटहरी–२ स्थित जमटोकीमा रहेको चन्दा मियाँको घरमा प्रहरी टोलीले छापा मारी गाईको मासुसहित स्थानीय जवाहर मियाँ तथा चन्दा मियाँलाई पक्राउ गरेको हो । उनीहरूलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

चन्दा मियाँको घरबाट दुई गाईको काटिएको टाउको, खुट्टा र मासु फेला पारिएको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।