फागुन १२ – रुकुममा आज एक विमानमा चरा ठोकिएको छ । रुकुमको चौरजहारी विमानस्थलमा अवतरण गर्न लागेको जहाजमा चरा ठोकिएको हो ।
विहान साढे ११ वजे रनवेयमा जहाँजको दाँया पखेटामा चरा ठोकिएपनि कुनै क्षति भने भएको छैन ।

चालक दलका सदस्य सहित ८ जना यात्रु लिएर नेपालगंजबाट चौरजहारी विमान स्थलमा अवतरण गर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा चरा ठोकिएको हो ।

जहाज जमिनमा गुडिरहेको अवस्थामा चरा ठोकिएकाले जहाजमा कुनै क्षति भने नभएको नागरिक उड्यन प्राधिकरण चौरजहारीले जानकारी दिएको छ ।

जहाको पखेटामा लागेको रगत सफा गरेर आधा घण्टा ढिलागरी चौरजहारीबाट काठमाण्डौंका लागी उक्त जहाज उडान गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।