फागुन १२ – पुर्वयुवराज पारस शाहको मृत्यु नै नभई आधिकारिकता बिना श्रद्धाञ्जली दिने एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालले माफी मागेका छन् ।

उनले आफ्नो फेसबुकमार्फत आफूले एक अनलाइनबाट समाचार हेरेको आधारमा ठट्टैमा श्रद्धाञ्जली दिएको त्यसबाट पर्न गएको असरप्रति श्रमा मागेका हुन् ।
उनले माफी माग्दै अनलाइनहरुलाई अपुष्ट समाचार सम्प्रेषण नगर्न आग्रह समेत गरेका छन् ।

यसअघि उनले आफ्नो फेसबुक स्टाटसमा पारसको उपचारको क्रममा मृत्यु भएको भन्दै श्रद्धाञ्जलीका साथै प्रहरीको तारेख धाउँदा धाउँदै अल्पायुमै ज्यान गुमाएको समेत भनेका थिए ।

यसैबीच, पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

उनको स्वास्थ्य अवस्थाबारे शाहका सहयोगी सागर तिमल्सिनाले उनको स्वास्थ्य स्थिर रहेको बताएका छन् । शाहको होस भने अझै खुलेको छैन । उनको अवस्था अझै खतरामुक्त नभइसकेको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।