फागुन १० – नेकपा–माओवादीले आज देशैभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

विदेशीको डिजाइनमा प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै नेकपा माओवादीले आज देशैभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
आज साँझपख रत्नपार्कमा जुलुससहित माओवादी कार्यकर्ताले रत्नपार्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला दहन गरे भने भोटाहिटीमा राष्ट्रपचि डा. रामवरण यादवको पुत्ला दहन गरेका छन् ।

पुत्ला दहन गर्ने क्रममा प्रहरीले दमन गरेपछि रत्नपार्क, भोटाहिटी, असन क्षेत्र केही समयसम्म तनावग्रस्त समेत बन्न पुगेको थियो ।

माओवादीले राष्ट्रियता खतरामा परेको र सिक्किमीकरण र भुटानीकरण बन्ने दिशातिर मुलुक गएकाले सबैलाई त्यसका विरुद्ध उत्रन आह्वान समेत गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।